५ मंसिर २०८२, बिहिवार

डा. यादव अन्तर्राष्ट्रिय युवा अनुसन्धाता पुरस्कारबाट सम्मानित

४ मंसिर २०८२, बुधवार
Image

झापा, ३ मंसिर । पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्र यादव अन्तर्राष्ट्रिय युवा अनुसन्धाता पुरस्कारबाट सम्मानित हुनु भएको छ ।

प्रोस्टेट क्यान्सरका लागि स्टेरियोट्याक्टिक बडी रेडियोलोजी (उपचार)को क्षेत्रमा विशिष्ट योगादन पुर्याएवापत उहाँलाई नोभेम्बर १३ देखि १५ सम्म थाइल्यान्डमा आयोजित एक समारोहमा पुरस्कृत गरिएको हो ।

फेडेरेसन अफ एसियन अर्गनाइजेसन फर रेडिएसन अंकोलोलोज (एफएआरओ)ले उहाँलाई पुरस्कृत गरेको हो । विभिन्न देशका क्यान्सर उपचारमा संलग्न विज्ञहरुको उपस्थितिमा यो कार्यक्रम आयोजना गरिएको थियो ।