१६ जेठ २०८३, शनिवार

सरकारले मेचीनगरमा सय वटा आवासीय भवन निर्माण गरेर बेच्ने

१६ जेठ २०८३, शनिवार
Image

झापा, १६ जेठ  सरकारले मेचीनगर–८ मा राष्ट्रिय आवास कम्पनी लि. अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा १०० वटा भवन निर्माण गरी सर्वसाधारणलाई विक्री गर्ने भएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०८३/०८४ को बजेटमा उक्त परियोजना अन्तर्गत भवनहरु निर्माण गरिने घोषणा गर्नु भएको छ ।

मेचीनगरमा वि.सं. २०४९ देखि सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनीले सार्वजनिक जग्गाको व्यवस्थापन गर्दै आएको छ । वडा नं. ८ स्थित जोरसिमल क्षेत्रमा कम्पनीको पूर्ण स्वामित्वको लगभग चार बिगाहा जग्गा रहेको छ ।

बिगतदेखि नै त्यस जग्गामा आवासीय भवन निर्माण गर्ने कम्पनीको योजना भए तापनि यसअघि योजना कार्यान्वयनमा आएको थिएन ।