२५ जेठ २०८३, सोमवार

इजलासको दशौं वार्षिकोत्सवमा म्यागेजिन प्रकाशित र दुई दर्जन सम्मानित

२५ जेठ २०८३, सोमवार
Image

विर्तामोड, २५ जेठ । झापाको लोकप्रिय दैनिक अखवार इवलासले आज दशौं वाषिकोत्सवको अवसरमा म्यागेजिन बिमोचनका साथै ‘दशक सम्मान’ कार्यक्रम गरेको छ ।

टाइम्स नेटवर्क वि.सं. २०७३ मा सुरु भएको इजलास दैनिकले एक दशकमा विभिन्न उतारचढाव व्यहोर्दै आज कोशी प्रदेशकै स्थापित अखवारको रुपमा आफूलार्य चिनाउन सफल भइसकेको छ ।

इजलास मिडिया प्रालि प्रकाशक रहेको रंगीन कलेवरको म्यागेजिन प्रकाशित भएको छ । जसको बिमोचन नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रमुख अतिथिको रुपमा गर्नुभयो । विमोचन अवसरमा नेपाल पत्रकार महासंघकी कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, महासंघकै कोशी प्रदेश सदस्य राजकुमार ओली, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल, प्रहरी उपरीक्षक बसुन्धरा खड्का, नेपाली सेनाको अरिदमन गणका गणपति सरोज थापा, मेची आँखा अस्पतालका अध्यक्ष जेके गुरुङ लगायतको सहभागिता रहेको थियो ।

इजलास म्यागेजिनले झापामा इजलासले दश वर्षमा उठान गरेका प्रभावशाली समाचारको समीक्षा गरिनुका साथै जिल्लाका सात वटा प्रमुख सहरका नालीबेली लगायतका पठनीय सामग्रीहरु रहेको म्यागेजिनका अतिथि सम्पादक तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले बताउनुभयो ।

इजलासका प्रधान सम्पादक प्रदीप परियारले इजलासले आर्थिक लगायतका विभिन्न कठिनाई झेलेर पनि झापामा देश र जनताको पक्षमा निडर पत्रकारिताको अभ्यास गरिरहेको बताउनुभयो । उहाँले अहिलेसम्मको यात्रामा सहयोग र सद्भाव प्रदान गर्दै आउनु हुने सबैप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा इजलासलाई अझ परिष्कृत बनाउँदै साझा बनाउने उद्घोष गर्नुभयो ।

वार्षिकोत्सव कार्यक्रममै इजलासले आज विभिन्न क्षेत्रमा सामाजिक योगदान पुर्याउनु हुने दुई दर्जनभन्दा बढी प्रतिष्ठित उद्यमीहरुलाई सम्मान व्यक्त गरेको थियो । 

टाइम्स मिडिया नेटवर्क प्रालिका अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शर्मा, विशेष अतिथि प्रजिअ शिवराम गेलाल, मेची आँखा अस्पतालका अध्यक्ष जेके गुरुङ र नेपाल पत्रकार महासंघ झापाका अध्ँयक्ष एकराज गिरीले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।