१४ कार्तिक २०८३, शुक्रवार

झापामा जंगली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

१४ कार्तिक २०८३, शुक्रवार
Image

झापा, ३ कात्तिक । जंगली हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका वडा नं. २ जनता चोक निवासी ७० वर्षीया लजुमा खातुनको आज विहान मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार बिहान ५ः३० बजेतिर मर्निङ वाकमा निस्केको अवस्थामा खातुनलाई बिरिङ खोला नजिक दुईवटाको संख्यामा आएका जंगली हात्तीले अचानक आक्रमण गरी घाइते बनाएको थियो ।

उपचारको लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल लैजाँदै गर्दा खातुनको बाटामै मृत्यु भएको उहाँले बताउनुभयो । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ ।

सोही हात्तीको आक्रमणमा बाह्रदशी गाउँपालिका वडा नं. २ कै ७३ वर्षीय झक्कु राजबंशी गम्भीर घाइते हुनु भएको छ । घाइते राजवंशीको बिर्तामोडस्थित स्पाइन एक्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

(फोटो सांकेतिक मात्र हो ।)