फाइल फोटो ।
झापा, २२ कात्तिक । मानव सेवा आश्रमको झापा शाखाले पूर्वपश्चिम राजमार्गमा अलपत्र अवस्थामा रहेका चार जना सडक मानवलाई मेचीनगरबाट उद्धार गरेको छ ।
मेचीनगरको काँकडभिट्टा, इटाभट्टा, धुलाबारी र चारआलीबाट उद्धार गरिएका चारै जनालाई मेचीनगर नगरपालिका वडा नं। ४ बाहुनडाँगीस्थित आश्रममा राखिएको आश्रमका अभिभावक समितिका संयोजक निलकण्ठ तिवारीले बताउनुभयो ।
उद्धार गरिएका एक जना केही दिन अघि कारागारबाट कैद अवधि पूरा गरेका व्यक्ति छन् । “कारागारबाट मुक्त भएपछि सडकमा आश्रय लिएर बस्न थाल्नु भएको रहेछ,” तिवारीले भन्नुभयो– “आफन्त कोही रहेनछन्, उहाँलाई पनि उद्धार गरेर ल्याएका छौं ।”
उद्धार कार्यमा मेचीनगर नगरपालिकाका नगर प्रहरीहरुले सहयोग पुर्याएका थिए । बाहुनडाँगीस्थित मानव सेवा आश्रमको झापा शाखामा हाल एक सय जना आफन्त नभएका सडक मानवहरुले आश्रय पाइरहेका छन् ।