८ वैशाख २०८१, शनिवार

आत्मदाह प्रयास अघि इलामे उद्यमीले लेखे–‘गरिखाने स्थिति भएन’

१० माघ २०७९, मङ्गलवार
Image

झापा, १० माघ । ‘जनता बाँच्नु भनेको गोली ठोकेर नमार्नु मात्र होइन, जीवनयापनका आधारभूत बस्तुहरु सहज, सरल र सस्तोमा उपलब्ध नहुनु पनि सरकारले जनता मारे सरह हो ।’ 

एघार महिनामा पेट्रोलमा ७८ रुपैयाँ मूल्यबृद्धि भएपछि इलामको सूर्योदय नगरपालिका वडा नं. ११ पञ्चकन्या निवासी उद्यमी प्रेमप्रसाद आचार्यले स्व. जननेता मदन भण्डारीका यी भनाईहरुलाई गत वर्ष आफ्नो फेसबुक वालमा पोस्ट गर्नु भएको थियो ।

आज दिउँसो उहाँले मुलुकमा गरिखाने परिस्थिति नभएको भन्दै फेरि अर्को पोस्ट गर्नुभयो । पोस्ट गरे लगत्तै उहाँले बानेश्वरको संसद् भवन अगाडि आत्मदाहको प्रयास गर्नुभयो । 

आफैलाई आगो लगाएको घाइते अवस्थामा उहाँलाई मुख्य सडकबाट प्रहरीले उद्धार गरेर कीर्तिपुर अस्पताल पुर्याएको छ ।

उहाँ इलामको घ्यू, गुन्द्रुक, अकबरे, अलैची लगायतका लोकिप्रय ब्रान्डका एग्रो बस्तुहरुको उत्पादक हुनुहुन्छ । सूर्योदय एग्रो इन्डस्ट्रिज एन्ड फार्म हाउस प्रालि स्थापना गरेर इलामको कृषि उत्पादनलाई मुलुकभित्र मात्र नभएर विश्वबजारमा नै पुर्याउनु भएको उहाँ ‘चिया पर्यटन’को अवधारणा ल्याउने व्यक्ति समेत हुनुहुन्थ्यो ।

वैदेशिक रोजगारीबाट फर्केर आफ्नै मुलुकमा रोजगारी सिर्जना गर्दै उद्योग व्यवसायमा लाग्दा सरकारी निकायहरुबाट खाएका अनेकन हण्डर र बाधाहरु उहाँले आफ्नो फेसबुक पोस्टमा लेख्नु भएको छ । उहाँ र उहाँले सञ्चालन गरेको व्यवसायमा पैसा नतिर्ने, ठगी गर्ने र दुःख दिने भाटभटेनी सुपरमार्केट लगायत ठूला कम्पनीको नामै किट्नु भएको छ ।

उहाँले आत्मदाहका लागि शरीरमा पेट्रोल खन्याएर आगो लगाउँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद् भवनबाट बाहिर निस्कदै हुनुहुन्थ्यो ।

पढ्नुहोस् उहाँको पोस्ट ः