२ जेठ २०८१, बुधवार

आइपुग्यो निराकारको शब, स्तब्ध छ बिर्तामोड (भिडिओ पनि हेर्नुहोस्)

७ माघ २०७९, शनिवार
Image
Gallery Images

बिर्तामोड, ७ माघ । सबैका आँखा रसाएका छन् । आज विर्तामोड स्तब्ध छ । 

कम्बोडियाको आगलागीमा ज्यान गुमाएका विर्तामोड–१ का निराकार पाण्डेको आज शव आइपुगेको छ ।

युवा व्यवसायी निराकार विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा हुन् । 

गत पुस १४ गते निराकारको मृत्यु भएको थियो । विदेशबाट विभिन्न प्रक्रिया पुर्याएर शब ल्याउन ढिला भएको हो ।

निराकारको शब ल्याउन नेपाल सरकारले सहयोग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निराकारको मृत्युमा गहिरो शोक व्यक्त गर्दै शब ल्याउन सरकारले सहयोग गर्ने बताउनुभएको थियो ।

विर्तामोडस्थित निवासमा शब आउने खबर थाहा पाएर पाण्डे निवासमा विहानैदेखि हजारौं शुभचिन्तक भेला भएका थिए ।

शुक्रवार साँझ पाण्डेको शव कम्बोडियाबाट नेपाल ल्याइएको थियो । आज दिउँसो निराकारको कनकाई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।