१० फागुन २०८२, आइतवार

एमालेमै फर्किए माओवादी सहइञ्चार्ज खड्का

१६ चैत २०८०, शुक्रवार
Image

झापा, १५ चैत । नेकपा माओवादी केन्द्र मेचीनगरका सहसञ्चार्ज एवम् जिल्ला सदस्य प्रकाश खड्का आज नेकपा एमालेमा फर्किनु भएको छ।

माओवादी परित्याग गर्नुभएका खड़कालाई आज विर्तामोडमा नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाएर एमालेमा स्वागत गर्नुभयो ।

मेचीनगर वडा नम्बर १० निवासी खड़का लोकप्रिय युवा नेता हुनुहुन्छ । उहाँ विभिन्न सामाजिक संस्थाको नेतृत्वदायी भूमिकामा हुनुहुन्छ। माओबादीमा रहनु अघि उहाँ एमालेमै हुनुहुन्थ्यो ।