झापा, ६ बैशाख । रोटरी क्लव अफ मेचीनगर रु. १ लाख १ हजार १०१ नगद राशीको विशेष पुरस्कारसहित पोखरामा सम्मानित भएको छ ।
सामाजिक सेवामा विशेष योगदान पुऱ्याए वापत रोटरी क्लवको १८ औँ डिस्ट्रिक कन्फरेन्स (राष्ट्रिय सम्मेलन)मा मेचीनगरको रोटरी क्लव शनिवार सम्मानित भएको हो ।
रोटरी क्लव अफ मेचीनगरकी अध्यक्ष शर्मिला पाठकले पुरस्कार तथा सम्मान ग्रहण गर्नु भएको थियो ।