७ वैशाख २०८३, सोमवार

बाइस वर्षअघि आफ्नै घर जलाइएको सम्झिए राप्रपा अध्यक्ष लिङ्देनले

७ वैशाख २०८३, सोमवार
Image

झापा,७ बैशाख । सरकारले डोजर लगाएर घर भत्काइदिएपछि रोइरहेका दुई बालवालिकाको भिडियोसँगै आफ्ना दुई छोराछारीको तस्वीर फेसबुकमा राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २२ वर्ष अघिको एउटा घटना सम्झनु भएको छ ।

उहाँले आज फेसबुकमा उक्त भिडियो र तस्वीर राख्नु भएको हो । जसमा लेख्नु भएको छ– “आजभन्दा एक्काइस बाइस वर्षअघि तल तस्वीरमा रहेका मेरा छोरा र छोरीलाई मध्यरातमा घरबाट बाहिर निकालेर उनीहरुकै आँखा अगाडि आफ्नो घर जलाइँदा र विष्फोट गराइँदा ती दुई पनि कति रोए होलान् ? मलाई कति खोजे होलान् ?”

अहिलेको भिडियोले पोखरा, बुटवल, दुहबी र झापामा अतिक्रमण हटाउने नाममा भइरहेका सरकारको ज्यादतिलाई दर्शाउँछ । भिडियोमा बालबालिकाले भक्कानिदै भनिरहेका छन्– “बुवा लिन आउनु न !”

लिङ्देनले स्मरण गर्नु भएको २२ वर्ष पहिलेको घटना माओबादी द्वन्द्वकालीन हो । उसबेला माओबादीहरुले गोलधाप (हालको हल्दिबारी)स्थित उहाँको घरलाई मध्यरातमा जलाएका थिए । घर जलाउनु अघि लिङ्देनका छोरा र छोरीलाई घरभित्रबाट बाहिर निकालिएको थियो । लिङ्देनकी पत्नी सीता लिङ्देन समेत घरमै हुनुहुन्थ्यो । उहाँहरुकै अगाडि घर जलाइएको थियो ।

सरकारले सुकुम्बासी र अतिक्रमण हटाउने नाममा गरीवका घर डोजर लगाएर उजाडिरहेको विभिन्न घटनाप्रति विरोध जनाउने क्रममा लिङ्देनले आज फेसबुकमा आफ्नै छोराछोरीको समेत फोटो राख्नु भएको बुझिन्छ । उहाँले विर्तामोडमा हालै नगरपालिकाले फुटपाथ अतिक्रमण हटाउन नगर प्रहरीेले गरेको बल प्रयोगलाई ‘छ्या छ्या...’ भनेर फेसबुकमा लेख्दै विरोध प्रकट गर्नु भएको थियो ।

फेसबुक लिंक