मेची उद्योग वाणिज्य संघ
मेची उद्योग वाणिज्य संघ
मेचीनगर, १० वैशाख । मेची उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा महिला उपाध्यक्ष पदमा निर्मला चौहान भण्डारीले उम्मेद्वारी घोषणा गर्नु भएको छ ।
आज फेसबुकमा आफ्नो धारणा साझा गर्दै उहाँले लेख्नु भएको छ– ‘ मेची उद्योग वाणिज्य संघको निर्वाचनमा मेरो पनि महिला उपाध्यक्षको पदमा उमेदवारी रहेको जानकारी गराउँछु ।’
मेचीनगर–१२ निवासी महिला उद्यमी भण्डारी कुशल प्रशिक्षकको रुपमा चिनिनु भएको छ । उहाँ हाल संघको महिला उपाध्यक्ष पदमै हुनुहुन्छ । सोही पदमा दोहोर्याउने उहाँको आकांक्षा देखिएको छ ।
व्यवसायी वृत्तमा उहाँले मेची उद्योग वाणिज्य संघको इतिहासमा पहिलोपल्ट महिलाको तर्फबाट अध्यक्ष पदमा उम्मेद्वारी दिनसक्ने चर्चा चलेको थियो । तर, उहाँ आफैले उपाध्यक्षमै कायम रहन चाहेको स्पष्ट पार्नु भएको छ ।
संघको नयाँ कार्यसमितिका लागि यही बैशाख २६ गते चुनाव हुँदैछ । अहिलेसम्म महिला उपाध्यक्ष पदमा अरु कसैले पनि उम्मेद्वारी घोषणा गरिहाल्नु भएको छैन ।