धुलाबारी, २७ बैशाख । मेची उद्योग वाािणज्य संघको मतगणना सुरु भएको छ ।
आज विहान सुरु भएको गणना अनुसार १०० मत गन्दा साझा प्यानलका अध्यक्षका उम्मेद्वार खेमराज प्रसाई ६ मतले अगाडि हुनुहुन्छ ।
स्रोतका अनुसार प्रसाईले ४९ मत र समावेशी प्यानलका अध्यक्षका उम्मेद्वार किशोर क्षेत्री (कपिल)ले ४३ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी, वरिष्ठ उपाध्यक्ष पदमा पनि साझा प्यानलकै उम्मेद्वार आनन्द खड्का ६ मतले अगाडि हुनुहुन्छ । उहाँले ४६ मत पाउनु भएको छ ।
वरिष्ठ उपाध्यक्ष पदमा समावेशी प्यानलका उम्मेद्वार भूमि पौडेलले ४० मत प्राप्त गर्नु भएको छ ।
उद्योग उपाध्यक्ष पदमा भने समावेशी प्यानलका उम्मेद्वार हरिप्रसाद कोइराला ७ मतले अगाडि हुनुहुन्छ । उहाँले ४६ मत पाउनु भएको छ ।
साझा प्यानलका उम्मेद्वार भीमबहादुर कुँवरले ३९ मत पाउनु भएको छ ।
वाणिज्य उपाध्यक्ष पदमा साझा प्यानलका नरबहादुर थापा (तिलक) एक मतले अगाडि हुनुहुन्छ । उहाँले ४० मत पाउनु भएको छ ।
समावेशी प्यानलका सन्तोष खवासले ३९ मत पाउनु भएको छ ।
महिला उपाध्यक्ष पदमा साझा प्यानलकी उम्मेद्वार उषा श्रेष्ठ ७ मतले अगाडि हुनुहुन्छ । उहाँले ४७ मत पाउनु भएको छ ।
समावेशी प्यानलकी उम्मेद्वार सुन्दरी श्रेष्ठले ४० मत पाउनु भएको छ ।
महासचिव पदमा समावेशी प्यानलका उम्मेद्वार ध्रुव कनाल १० मतले अगाडि हुनुहुन्छ । उहाँले ४७ मत पाउनु भएको छ ।
साझा प्यानलका उम्मेद्वार दिनेश शाक्यले ३७ मत पाउनु भएको छ ।