झापा, २७ पुस । मेचीनगर नगरपालिकामा पहिलोपटक राजबंशी समुदायले आज प्रथम भाक्का पिठ्ठ उत्सव भव्य रुपमा मनाएको छ ।
मेचीनगर–७ इटाभट्टामा राजवंशी समाज विकास समिति मेचीनगरले आयोजना गरेको भाक्का उत्सवमा पाँच सय केजी चालमको पिठोको भाक्का बनाइएको थियो ।
रैथाने परम्परागत खाद्य परिकारको रुपमा रहेको भाक्कालाई प्रवद्र्धन र सम्द्र्धन गर्ने उद्देश्यले भाक्का उत्सव मनाइएको समितिका नगर अध्यक्ष दिनेश राजवंशीले बताउनुभयो ।
कभाषा, कला, संस्कार, संस्कृतिको पहिचानसहित आयोजना गरिएको भाक्का उत्सवले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने कार्यक्रमका प्रमुख अतिथि गोपाल चन्द बुढाथोकीले बताउनुभयो । उहाँले २५ वटा बढी जातजाति रहेको नगरमा राजवंशी समुदायको उलेख्य बसोवास रहेको बताउनुभयो ।
नगरका १५ वटै वटाबाट ३० जना जातीय पोशाक र गरगहनामा सजिएको राजवंशी समुदायका महिलाहरुले भाक्काका परिवारका बनाएका छन् ।
पूर्वी तराइको झापा र मोरङका आदिवासी राजवंशी समुदायको भाक्का खाने पुरानो चलन हो । धानको पीठोबाट बनाइएको भाक्का पोशिलो, स्वादिलो हुने हुँदा पूर्वी तराईमा यो लोकप्रिय बनिसकेको छ । मंसिर महिनाबाट जिल्लाका काँकरभिट्टा, इटाभट्टा, विर्तामोड, भद्रपुर, दमकलगायतका शहरी क्षेत्र र ग्रामीण क्षेत्रका चोक बजारमा भाक्का बनाएर राजवंशीलगायत अन्य समुदायले विक्री गर्दै आएका छन् ।
पानीको बाफमा पकाइने र कुनै किसिमको मिसावट नहुने हुँदा भाक्का खानु स्वास्थ्यको लागि अति उत्तम हुने मेचीनगर नगरपालिका–७ वडाध्यक्ष प्रल्लाद ओली बताउनुहुन्छ ।
आगामी पुस २९ गते जिल्लाभर नै यो समुदायले भाक्कालाई दिवसको रुपमा विगत नौ बर्षदेखि बनाउँद आएको छ ।