आदर्श समाजको भ्रम र पलायनको होड
एक दिन साथीहरूसँग चिया पिउँदै गफमा व्यस्त थियौँ। गफकै निष्कर्ष निकाल्दै एकजना साथीले भने, “यता समस्या, उता समस्या१ सधैँ यस्तो दुःख भोग्नुभन्दा सक्दो छिटो विदेश पस्नु नै ढुक्क हुन्छ।” के तपाईँले पनि चिया गफ वा अन्यत्र कतै यस्तै निष्कर्ष निस्किएका संवादहरू सुन्नुभएको छ नेपाली समाजका समस्या देखेर थाक्ने वा निराश हुनेहरू पनि धेरै छन्। नेपाल छोडेर कुनै समस्या नै नभएको काल्पनिक ‘आदर्श समाज’मा पलायन हुँदा समस्या हल हुन्छ भन्ने मानसिकता दिनानुदिन बढिरहेको अवस्था देख्न सकिन्छ। यसरी समाजका समस्याबाट भागेर पलायन हुँदा व्यक्तिका केही अल्पकालीन समस्या समाधान होलान्, तर यसले समाजका मूल समस्या हल गर्दैन। विगत तीन–चार दशकदेखि ठूलो सङ्ख्यामा नेपालीहरूले विदेशमा पसिना बगाए पनि हाम्रा सामाजिक समस्याहरू उस्तै छन्। बरु, पलायन आफैँमा अर्को जटिल सामाजिक समस्या बन्न पुगेको छ।
हाम्रो चिन्तन र धैर्यताको विरोधाभास
हामीमा देखिएको निराशा र पलायनको मानसिकताले हाम्रो चिन्तनमै एउटा गम्भीर विरोधाभास जन्माएको छ। विदेशीको सपनाका लागि महिनौँसम्म कन्सल्टेन्सी र मेनपावर धाउन तयार हुने, देशभित्रका कन्सल्टेन्सी वा भिसा सेन्टरमा पटक९पटक आवेदन अस्वीकृत ९च्भवभअत० हुँदा पनि आशावादी बनेर फेरि प्रयास गरिरहन्छ। तर, तिनै मानिसहरु आफ्नै देशको सरकारी कार्यालयमा केहि मिनेट पर्खनुपर्दा भने चरम निराश बनिन्छन् । उनिहरु सम्पूर्ण व्यवस्थाप्रति नकारात्मक धारणा बनाउँ र फैलाउन पनि लाग्छन् । यसले हामी बिदेशिन दुःख र झन्झट सहन तयार हुने, तर आफ्नै समाज सुधार्न थोरै धैर्यता, संघर्ष र अपनत्व पनि नदेखाउने मानसिकतामा प्रष्ट देखिन थालेको छ । कुनै समाजमा निराश व्यक्तिहरू बढ्दै जादा समाज नै निराशा बन्न समय लाग्दैन् । त्यसैले आजको मुख्य प्रश्न— समाजमा समस्या हुनु मात्र नभएर हामी समस्या देखेर के गर्छौँ रु समस्या समधानार्थ सामूहिक प्रयास गर्छौँ कि व्यत्तिवादी बनेर आफू मात्र बाहिरिने बाटो रोज्छौँ भन्ने हुन । युवा पुस्तालाई परिवर्तनको संवाहक भनिन्छ। तर, एकातिर युवाको मस्तिष्कमा बाहिरको आदर्श समाजुको भ्रम भरिएको छ र समाज पनि पलायन संस्कृतीलाई नै पुरस्कृत गर्ने ठाउँमा पुगेको छ । अर्कातिर, देशभित्रै बसेर सङ्घर्ष गर्नेहरूलाई ूकिन विदेश नगएकोरुू भनेर प्रश्न सोध्ने र युवाहरूमा पनि समस्या गिजोल्ने ९समस्यामुखी० प्रवृत्ति बढेको देखिन्छ। के हामीले आदर्श मानेका देशहरूमा कुनै समस्या छैनन् होला रु विश्वका जुनसुकै विकसित समाजहरु पनि समस्याहरु सँग जुधिरहेका छन् । गरिबी, असमानता, युद्ध, जलवायु सङ्कट र नागरिक स्वतन्त्रतामाथिको नियन्त्रण जस्ता साझा समस्याहरूसँग जुधिरहेका छन्। हामीमा देखिएको विदेश गएपछि सबै समस्याहरू जादुमयी ढङ्गले समाधान हुन्छन् भन्ने चित्रण झुटो हो । यसले हाम्रो सामाजिक मनोबललाई कमजोर बनाउदै लगिरहेको पाहिन्छ । त्यसैले युवा पुस्ता केवल समस्या देखाएर निष्क्रिय बन्ने होइन, समाधानमुखी बन्दै सामाजिक चुनौतीहरूसँग जुध्ने जिम्मेवारी पनि लिन आवश्यक छ।
जनसाङ्ख्यिक लाभांश र अवसरको खोजी
नेपाली समाजका आफ्नै भैगोलिक, आर्थिक, सामाजिक र राजनीतिक अवसर तथा चुनौतीहरू छन्। हामीसँग युवाको जनसाङ्ख्यिक लाभांशु छ । अर्थात् नेपालमा अहिले युवाहरूको जनसङ्ख्या ठूलो छ। यो हाम्रो लागि एउटा अभूतपूर्व अवसर हो। तर, यसलाई सदुउपयोग गर्न हामीले समस्यालाई केवल सङ्कट मात्र नभई सम्भावनाका रूपमा हेर्ने समाधानमुखी सोच र जिम्मेवारीबोध देखाउनुपर्छ। ू३५ वर्ष केही भएनू वा ूयो भएन, त्यो भएनू भन्दै अरूबाट मात्र जवाफदेहीता खोज्ने र आफू जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले हाम्रो समाजप्रतिको उत्त्तदायित्व पूरा भएको छैन् । युवा पुस्ताले समाजमा देखिएका चुनौतीहरूलाई केवल सरकार वा नेतृत्वको असफलता भनेर जिम्मेवारी पुग्दैन । लोकतान्त्रिक शासन प्रणालीमा नागरिक निष्क्रिय दर्शक होइन, सक्रिय साझेदार बन्दा मात्र बलियो हुन्छ। नेपालको इतिहास हेर्दा हरेक राजनीतिक र सामाजिक परिवर्तनका आन्दोलनमा युवाहरूले नै अग्रभागमा देखिन्छन् । हालै भएको जेनजी आन्दोलन पनि युवाहरुकोे परिवर्तनप्रतिको चाहनाको अभिव्यत्ति हो । तर विडम्बना भनै, पटक९पटक आन्दोलनको अग्रभागमा युवा देखिए पनि नीति९निर्माण र निर्णय प्रक्रियामा युवाको सहभागिता भए पनि अर्थपूर्ण सहभागिता अझै सुनिश्चित हुन सकेको छैन।
नीति निर्माणमा युवाको पहुँच र राज्यको दायित्व
नेपाली युवामा परिवर्तनको चाहना उत्कर्षमा छ, तर परिवर्तनको प्रक्रियामा स्वयं सहभागीताको संस्कृति भने कमजोर देखिन्छ। उदाहरणका लागि, केही समयअघि युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा विधेयकका सम्बन्धमा डिजिटल माध्यमबाट सुझाव मागेको थियो। यसलाई सहभागितामूलक लोकतन्त्रको एउटा सकारात्मक अभ्यास भए मान्न सकिन्छ । तर, के यो सूचना ग्रामीण, श्रमिक, सीमान्तकृत र सीमित इन्टरनेट पहुँच भएका सबै तहका युवासम्म पुग्न सक्यो रु यदि सूचना नै पुग्दैन भने प्रक्रियामा सहभागिता कमजोर हुनु स्वाभाविक हुन्छ। त्यसैले, नीति निर्माणमा कमजोर सहभागिताको सम्पूर्ण दोष युवामाथि मात्र थोपर्नु उचित हुँदैन। राज्यले आफ्ना सूचना र सुझाव सङ्कलन प्रणालीलाई थप समावेशी, पहुँचयोग्य र प्रभावकारी बनाउनुपर्छ। डिजिटल प्रविधिमा मात्र भर नपरी अन्य परामर्शका माध्यमबाट विभिद परिवेशका युवासम्म पुग्नु सरकारको दायित्व हो।
सक्रिय नागरिकता र विकासमा अपनत्व
अब हामीले समाजप्रतिको हाम्रो भूमिकाको पनि आत्मसमीक्षा गर्न आवश्यक छ। आफ्नै वर्तमान र भविष्यलाई असर पार्ने नीति, कानुन र बजेटबारे पढ्न र धारणा व्यक्त गर्न हामी कति समय छुट्याउँछौँ रु राजनीति फोहोरी खेल होू भन्ने नकारात्मक भाष्यले युवालाई सार्वजनिक सरोकारका विषयबाट टाढा बनाउन ठूलो भूमिका खेलेको छ। ूआफ्नो व्यक्तिगत जीवन राम्रो भए पुग्यो, दुनियाँको चासो किन लिने रु भन्ने सोच हामीमा हाबी हुनु सुखद कुरम होइन। आफ्नो व्यक्तिगत जीवनसँगै सार्वजनिक विषयमा चासो राख्ने, सहभागी हुने र खबरदारी गर्ने दायित्व पनि हाम्रै भन्ने हामीले भुल्न हुदैन । नागरिकहरुको विकास निमार्णको प्रकृयामा सक्रिय सहभागिता नहुँदा विकासका आयोजना नै कसरी असन्तुष्टिको कारक बन्छ भन्ने एउटा उदाहरण हेरौँ— कुनै एउटा गाउँमा सडक कालोपत्रे हुँदा त्यहाँका बासिन्दा केही समय खुसी त हुन्छन्, तर निर्णय प्रक्रियालाई समावेशी नबनाउदा छिमेकी गाउँका मानिसहरूमा त्यही विकास देखेर निराश बन्ने गरेको पनि पाहिन्छ । यसले हामीले विकासलाई साझा प्राथमिकता र सामूहिक उपलब्धिका रूपमा अझै स्वीकार गर्न सकेका छैनौँ भन्ने देखाउँछ। नागरिकको अर्थपूर्ण सहभागिता र अपनत्व नहुँदा भौतिक निर्माणले पनि आशाभन्दा बढी विभाजन ल्याउँने गरेको पनि पाएको छु । त्यसैले विकास भनेको केवल डाँडाकाँडा खन्नु वा ढलान गर्नु, भौतिक निमार्ण गर्नु मात्र होइन, त्यसले सामाजिक र आर्थिक जीवनमा पार्ने प्रभावको साझा मूल्याङ्कन पनि हो। नागरिकहरूले आफ्नो जिम्मेवारी पूरा नगरी लोकतन्त्र बलियो बन्न सक्दैन। त्यसैगरी, सरकार आफैँ जिम्मेवार र जवाफदेही नभई नागरिकलाई मात्र जिम्मेवार बनाउन पनि सकिँदैन।
निराशाको संस्कृति कि रचनात्मक आलोचना
नेपाली समाजले सामना गरिरहेको अर्को ठूलो चुनौती भनेको निराशाको संस्कृति हो। ूनेपालमा केही हुँदैनू, यहाँ भविष्य छैनू जस्ता अभिव्यक्तिहरू आज सामान्य बनेका छन्। लोकतान्त्रिक व्यवस्थामा सरकार र नेतृत्वमाथि प्रश्न गर्नु वा आलोचना गर्नु नागरिकको अधिकार हो, तर आलोचना गर्नु र निराश बन्नु एउटै कुरा होइनन्। आलोचनाले समाज सुधारको बाटो खोज्छ भने निराशाले परिवर्तनको सम्भावनामै अविश्वास र निष्क्रियता पैदा गर्छ। यदि कसैले समाजमा सबै कुरा राम्रो मात्र हुन्छ भन्ने सोच राख्छ भने त्यहाँ समाज परिवर्तनको आवश्यकता नै हुँदैन। त्यस्तै, यदि हामी समाजका सबै कुरा खराब छन् र कहिल्यै राम्रो हुँदैन भन्ने निष्कर्षमा पुग्यौँ भने सामाजिक रूपान्तरणका लागि आवश्यक ऊर्जा, जिम्मेवारी र सपना नागरिकमा सञ्चार हुँदैन। अहिले हावि भएका यी दुवै अतिवादी सोचले हाम्रो समाजको हित गर्दैनन्। सामाजिक रूपान्तरणका लागि माथि चर्चा गरिएका दुवै अतिवादी चरित्र हितकर छैनन्। ूसबै राम्रो भइसक्योू वा ूकेही पनि भएन र कहिल्यै हुँदैनू भन्ने दुई ध्रुवका सोच तथ्य र तर्कभन्दा पनि अन्धनिराशा र भ्रमका अभिव्यक्ति हुन्। हाम्रा आफ्ना व्यक्तिगत जीवन जति महत्त्वपूर्ण छन्, त्यति नै हाम्रा सामाजिक, राजनीतिक र आर्थिक दायित्व पनि हुन्छन्। हाम्रा अग्रजहरूले के गरे वा गरेनन्, त्यो बहसको विषय होला, तर अरूले गरेको योगदानको मूल्याङ्कन गरिरहँदा, हामी युवा पुस्ता आफैँ केही नगरी केवल अरूसँग मात्र जवाफदेहीता मागिरहेका त छैनौँ रु प्रश्न उठाउनेसँगै जिम्मेवारी वहन गर्नु र समाजका खराब पक्षलाई सुधार्न सकारात्मक भूमिका खेल्नु पनि हाम्रै कर्तव्य हो। निस्सन्देह, नेपाली युवाले भोगिरहेका चुनौतीहरू नागरिक सहभागिताको अभावमा मात्र सीमित छैनन्। आज गुणस्तरीय शिक्षामा असमान पहुँच, बेरोजगारी, श्रमको अवमूल्यन, सीप र रोजगारीबीचको असन्तुलन, लागुऔषध दुर्व्यसन, अनि वर्ग, जात, लिङ्ग र भूगोलका आधारमा हुने विभेद र बञ्चितीकरण जस्ता गम्भीर समस्याहरू हाम्रा सामु विद्यमान छन्। यी समस्याहरू केवल व्यक्तिगत असफलताका परिणाम होइनन्स यी राज्य र समाजका संरचनागत विभेदसँग जोडिएका छन्। त्यसैले, युवालाई मात्र वा राज्यलाई मात्र दोष दिएर समाधान निस्कँदैन। राज्य, समाज र युवाबीचको बलियो सहकार्य र साझा जिम्मेवारीबोधबाट मात्र यी चुनौतीहरूको दीर्घकालीन समाधान सम्भव हुन्छ। व्यक्तिगत आचरणदेखि तीनै तहका सरकारसँग हातेमालो
समाज रूपान्तरणका लागि ठूला राजनीतिक पद नै चाहिन्छ भन्ने छैन। आजका युवा पुस्ता सुन्दर र सफा नेपाल त चाहन्छन्, तर उपभोग गरिसकेपछि फोहर जहाँ प्रयोग सकियो त्यहीँ फ्याँक्छन्। जुन सामान किन्न हामी पैसा तिर्न र टाढासम्म जान तयार हुन्छौँ, उपभोगपछि भने त्यसको सही व्यवस्थापन गर्ने न्यूनतम दायित्व पनि बिर्सन्छौँ। अनि तिनै फोहर फ्याँक्नेहरू नै ूदेश फोहर भयोू भनेर सरकार र समाजलाई दोष दिइरहेका हुन्छौँ। यस्ता साना कुरामा नागरिकले आफ्नो दायित्व पूरा गर्नु नै समाधानमुखी बाटोको पहिलो पाइला हो। यसरी व्यक्तिगत सोच र व्यवहारमा परिवर्तन गर्दै हाम्रा वडा, पालिका, प्रदेशदेखि सङ्घीय सरकारसम्मका नीति, बजेट तथा योजना निर्माणमा सहभागी हुने, सरकारका राम्रा काममा सहयोग गर्ने र गलत काममा प्रश्न तथा खबरदारी गर्ने बानी बसाल्नु पर्छ। तीनै तहका सरकारसँग हातेमालो गर्दै समस्या सुधार्न अग्रसर हुनु नै समाधानमुखी नागरिकताका व्यावहारिक उदाहरण हुन्।
निष्कर्षस् समस्या होइन, समाधानमा अर्जुन दृष्टि
अब ूकेही भएनू भनेर केवल गुनासो गरिरहने समय छैन, केही गरेर देखाउने जाँगर र हिम्मत युवा पुस्ताले नै देखाउनु पर्छ । विगतको कमिकमजोरीमा रुमल्लिनुभन्दा वर्तमान सुधार्दै भविष्य निर्माण गर्ने युवा शक्ति नै आजको आवश्यकता हो। नेपालीमा एउटा सुन्दर गीती भनाइ छ— “फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार”। समस्या मात्र औँल्याएर निराश हुनुको साटो समस्याभित्रै समाधान पहिल्याउने दृष्टिकोण र ुअर्जुन दृष्टिु आजका नेपाली युवामा हुनु अनिवार्य छ।