१० फागुन २०८२, आइतवार

जनताप्रति सरकार गम्भीर हुन सकेन ः सभामुख घिमिरे

९ असोज २०८०, मङ्गलवार
Image

विर्तामोड, ८ असोज । सभामुख देवराज घिमिरेले बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणलाई तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ । आज गृह जिल्ला आउनुभएका सभामुख घिमिरेले सो सडक निर्माणमा ढिलाई भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।

विभिन्न कार्यक्रममा सहभागी हुन तीन दिनका लागि झापा आएका सभामुख घिमिरेले बिर्तामोडस्थित आफ्नो सचिवालयमा साँझ पत्रकार भेटघाट गर्नुभएको छ । पत्रकार भेटघाटमा बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणलाई तत्काल सुचारु गर्न निर्देशन दिएको बताउनुभो। उहाँले निर्माण व्यवसायीले बजेट नपाएको भन्दै झुटो कुरा गरेर काम रोक्ने प्रयास गरेको बताउनुभयो । बजेट हुँदाहुँदै पनि काम रोक्नु वेठिक हुने सभामुख घिमिरेको भनाई छ ।

यस्तै, अघिल्लो महिना शनिश्चरे खुदुनावारी सडक खण्डको विरिङ पुल चर्किएको घटनामा ध्यानाकर्षण भएको उहाँको भनाई थियो । उहाँले जिल्लाका विभिन्न विकासका परियोजना बारे चासो राख्दै निर्माण गर्नुपर्ने र सूचारु आयोजनाहरुको कामलाई अघि बढाइने पत्रकारहरुलाई जानकारी गराउनुभयो ।

झापा क्षेत्र नं। २ बाट निर्वाचित भए पनि देशभरका नागरिकको आवाज सम्बोधन गर्ने जिम्मेवारीमा रहेको अवगत गराउँदै आफ्नो क्षेत्रको विकासलाई प्राथमिकता दिदैं जाने बताउनुभयो 

संसदमा जिम्मेवार पूर्वक ढंगबाट काम गर्दै दलहरुबीच एकता कायम गरेर जानुपर्ने दायित्व आफैसँग भएको उहाँको भनाई थियो । सभामुख घिमिरेले सरकारले विद्येयकहरु ल्याउँदा सरोकार पक्षहरुको पनि राय, सूझावका आधारमा ल्याउनुपर्ने धारणा राखेका व्यक्त गर्नुभयो । पत्रकार भेटघाटमा घिमिरेले जनताप्रति सरकार गम्भीर हुन नसकेको बताउनुभयो । जनताप्रति सरकारलाई गम्भीर बनाउन आफ्नो तर्फबाट मद्दत गर्ने घिमिरेको भनाई थियो ।