झापा, २५ फागुन । गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुबेदीलाई घरमै गई दूर्व्यवहार गरेको आरोपमा सोही पालिकाको वडा नं. ५ निवासी ३४ वर्षीय भिष्म सिटौला पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार सिटौलाले आइतवार राति ६ः३९ बजेतिर नगरप्रमुख सुबेदीलाई गालीगलौज एवम् दूर्व्यवहार गरेका थिए ।
पक्राउ परेका आरोपी सिटौलालाई आज जिल्ला प्रशासन कार्यालय झापामा उपस्थित गराइएकोमा मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा १० दिन म्याद थपेर अनुसन्धान गर्ने निर्णय भएको खड्काले जानकारी दिनुभयो ।
सिटौलाले मदिरा समेत सेवन गरेको पाइएको प्रहरीको भनाई छ ।