४ जेठ २०८१, शुक्रवार

स्थानीय कर्मचारी कोशी प्रदेशभरी सरुवा हुने

२१ वैशाख २०८०, बिहिवार
Image

मेचीनगर, २१ बैशाख । कोशी प्रदेश सरकारले स्थानीय तहका कर्मचारीहरुलाई प्रदेशभरी सरुवा गर्नसक्ने अध्यादेश ल्याएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यहि बैशाख १४ गते सार्वजनिक सूचना जारी गरेर सो कुरा जानकारी गराएको हो ।

स्थानीय सेवा सञ्चालन ऐन सम्बन्धी अध्यादेश जारी गरेको प्रदेशको राजपत्रमा प्रकाशित गरिएको छ ।

नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशप्रमुख परशु खापुङबाट सो अध्यादेश प्रमाणीकरण भएको हो ।

प्रदेश सचिवले तयार पारेको १५६ पृष्ठको लामो अध्यादेशमा नगरपालिका र गाउँपालिकामा खटिएका सबै तहका कर्मचारीलाई कोशी प्रदेशभरी जहाँ पनि सरुवा गर्न सक्ने कानुन पारित गरेको छ ।

मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश पराजुलीले कोशी प्रदेश सरकारले सो अध्यादेश भर्खरै राजपत्रमा प्रकाशित गरेको बताए । अब चाँडै सो अध्यादेश कार्यान्वयनको चरणमा जाने उनको भनाई छ ।

लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।