२४ फागुन २०८२, आइतवार

झापा–५ : रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह बिजयी

२३ फागुन २०८२, शनिवार
Image

झापा, २३ फागुन  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनु भएको छ । 

निर्वाचन अधिकृत विदुर कार्कीले अन्तिम मतगणना अनुसार रास्वपा उम्मेद्वार साह ६८ हजार ३४८ मत प्राप्त गरी निर्वाचित हुनु भएको बताउनुभयो ।

उहाँका अनुसार प्रमुख प्रतिष्पर्धी नेकपा एमालेका उम्मेद्वार केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गर्नु भएको छ । ओली नेकपा एमालेका अध्यक्ष समेत हुनुहुन्छ । यस क्षेत्रमा एक लाख छ हजार ३७२ मत खसेको निर्वाचन अधिकृत कार्कीले बताउनुभयो ।