३ जेठ २०८१, बिहिवार

काँकरभिट्टा आइपुगे बंगलादेशका पारवहन मन्त्री

१० चैत २०८०, शनिवार
Image

झापा, १० चैत । बंगलादेशका पारवहन मन्त्री खालिद महम्मद चौधरी नौ सदस्यीय प्रतिनिधिमण्डलसहित आज काँकडभिट्टा आइपुग्नु भएको छ ।

काठमाडौंमा हुने नेपाल–बंगलादेशबीचको वाणिज्य वार्तामा सहभागी हुन उहाँ नेपाल भ्रमणमा आउनु भएको हो । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी र काँकडभिट्टा सुख्खा बन्दरगाहकी प्रमुख अम्बिका सुबेदी लगायतले बंगलादेशी मन्त्रीसहित प्रतिनिभिण्डललाई भन्सार परिसरमा स्वागत गर्नुभयो  ।

बंगलादेशी मन्त्री चौधरीले सुख्खा बन्दरगाहको निरीक्षण गर्नुभएको थियो ।