२७ वैशाख २०८३, आइतवार

एशिया क्वालिफायरअघि नेपाली महिला यू-१९ क्रिकेट टिमको दिल्लीमा प्रशिक्षण हुने

११ कार्तिक २०८१, आइतवार
Image

काठमाडौँ । नेपाली महिला यू-१९ क्रिकेट टिमले विश्वकपको एशिया क्वालिफायरको तयारी गर्न भारतको नयाँ दिल्लीमा क्लोज क्याम्प गर्ने भएको छ ।

दिल्लीतर्फ जाने नेपाली यू-१९ टिमलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले आज भैरहवामा बिदाइ गरेका छन् । नेपाली टिम दिल्लीबाटै नोभेम्बर ६ देखि हुने प्रतियोगिताका लागि दुबईतर्फ प्रस्थान गर्ने छ ।

क्यानले तीन चरणको क्लोज क्याम्प गरेर एशिया क्वालिफायर खेल्न पुजा महतोको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरको थियो । 

नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), अलिशा यादव (विकेटकिपर), मनिषा उपाध्याय, क्रिश्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, त्रिशना बिक, रिया शर्मा, कुसुम गोदार, सीमाना केसी, ज्योत्स्निका मरासिनी र रचना चौधरी रहेका छन् ।

२०२५ मा हुने महिला यू-१९ विश्वकपका लागि एशिया क्वालिफायरमा नेपालसहित कुवेत, थाइल्याण्ड र युएई खेल्दै छन् । नेपालले पहिलो खेल नोभेम्बर ६ मा थाइल्याण्डविरुद्ध खेल्दै छ भने दोस्रो खेल नोभेम्बर ७ मा कुवेतविरुद्ध, नोभेम्बर ९ मा युएईविरुद्ध, नोभेम्बर १० मा फेरी थाइल्याण्डविरुद्ध, नोभेम्बर १२ मा फेरी कुवेतविरुद्ध र नोभेम्बर १३ मा फेरी युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।  

 क्वालिफायरमा शिर्ष स्थानमा रहने देश विश्वकपका लागि छनौट हुने छ ।