२४ साउन २०८३, आइतवार

रियल म्याड्रिडले बहिष्कार गर्यो 'बालोन डो अर अवार्ड' सेरोमनी

१३ कार्तिक २०८१, मङ्गलवार
Image

काठमाडौँ । स्पेनिस महारथी रियल म्याड्रिडले आज राति पेरिसमा हुने बालोन डो अर अवार्ड सेरोमनी बहिष्कार गरेको छ ।

मिडिया रिपोर्टका अनुसार यस अघि भिनिसियस जुनियरले बालोन डो अर जित्ने बताइएको भएपनि अन्तिम समयमा म्यानचेस्टर सिटीबाट खेल्ने स्पेनिस खेलाडी रोड्रीले यो अवार्ड जित्ने भएपछि रियल म्याड्रिडले कार्यक्रम बहिष्कार गरेको बताइएको छ ।

अहिले रोड्रीसहित कैयौं सुपर स्टार फुटबलर पेरिस पुगे पनि रियल म्याड्रिडका खेलाडी भने अनुपस्थित रहेको बताइएको छ । 

यस अघि मिडियामा लिक भएको एक अंक सूची अनुसार भिनिसियसले बालोन डो अर जितेको बताइएको थियो ।    

यस बर्षको बालोन डो अर अवार्ड आज राति घोषणा हुदै छ । २०२३-२४ सिजनको उत्कृष्ट खेलाडीको प्रतिष्ठित अवार्ड आज दिन लागिएको हो ।

फ्रान्सको फुटबल फेडेरेसनले हरेक बर्ष दिने यो अवार्ड २००८ देखि पहिलो पटक लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो बाहेक तेस्रो खेलाडीले पाउदै छन् । यस अघि २०१८ मा लुका मोड्रीच र २०२२ मा करिम बेन्जमाले पाएका थिए ।

यस बर्ष भने मेसी र रोनाल्डो दुवै मनोनयनमा परेका थिएनन् । गत बर्ष यो अवार्ड मेसीले जितेका थिए ।