२१ वैशाख २०८२, आइतवार

पातालगंगा सहकारीका पूर्व अध्यक्ष खनाल पक्राउ, भोलि अदालतमा बुझाइने

२० वैशाख २०८२, शनिवार
Image

झापा, २० वैशाख । विर्तामोडस्थित पाताल गंगा बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष रेवती खनाल पक्राउ परेका छन् ।

सहकारीमा सदस्यले राखेको रु. दुई करोड रुपैयाँभन्दा बढी बचत अपचलन गरेर फरार रहेका संस्थाका अध्यक्ष खनाललाई प्रहरीले धनगढीबाट पक्रेर विर्तामोड ल्याएको छ । 

फरार खनालविरुद्ध सञ्चाल समितिले नै प्रहरीमा उजुरी दिएको थियो । खनाललाई अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र आइतवार जिल्ला अदालत झापामा बुझाउने तयारी भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिएका छन् ।

खनाल फरार भएपछि उक्त सहकारीको अध्यक्षमा युवराज गिरी हुनुहुन्छ । अध्यक्ष गिरीले आफुले निजी घरजग्गा बैंकमा राखेर ल्याएको पैसाले सहकारीका बचतकर्ताको रकम फिर्ता गरेर हाल संस्थालाई राम्ररी सञ्चालन गरिरहेको बताउनुभयो ।

सम्बन्धित खबर