२७ वैशाख २०८२, शनिवार

मेचीनगर र विर्तामोडमा ‘पत्रकारलाई एआई’ तालिम

२७ वैशाख २०८२, शनिवार
Image

झापा, २७ वैशाख । मेचीनगर र विर्तामोडमा कृत्रिम वौद्धिकता (एआई) सम्बन्धी पत्रकारिता तालिम सञ्चालन भएको छ । 

प्रेस क्लव मेचीनगरको आयोजनामा शुक्रवार काँकरभिट्टामा तीन दिने तालिम सुरु भएको छ भने नारी सञ्चार गृहले विर्तामोडमा शनिवार सुरु गरेको हो ।

दुबै तालिमको सहजिकरण आम सञ्चार विज्ञ प्राडा भानुभक्त आचार्यले गर्नु भएको छ । पत्रकारितामा एआइको कसरी प्रयोग गर्ने भन्ने वारेमा आचार्यले तालिम दिनु भएको छ ।

दुबै तालिममा गरी ८० भन्दा बढी पत्रकार लगायतको सहभागिता रहेको छ ।