६ जेठ २०८२, सोमवार

अभियन्ता अर्जुन कार्की विश्व बन्यजन्तु कोषद्वारा सम्मानित

६ जेठ २०८२, सोमवार
Image

झापा, ५ जेठ । विश्व वन्यजन्तु कोष नेपालले प्रकृतिमैत्री कार्यको कदर गर्दै मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीलाई आज सम्मान गरेको छ । 

विश्व बन्यजन्तु कोष नेपालको ३२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उहाँलाई रु. ५० हजार नगद राशीसहित सम्मान गरिएको हो ।

उहाँलाई वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र विश्व बन्यजन्तु कोषका डा. घनश्याम गुरुङले नगद, सम्मान पत्र र दोसलाले सम्मान गर्नुभएको थियो । 

उहाँले आफूले पाएको सम्मान बाहुनडाँगीमा बसेर मानव हात्ती द्वन्द्व न्यूनीकरणका क्षेत्रमा काम गर्ने आम समुदायको भएको हुँदा समुदायलाई नै समर्पित गर्ने बताउनुभयो । “यो सम्मान मैले मात्र प्राप्त गरेको होइन मेचीनगरवासीले पाएको हो”, उहाँले भन्नुभयो, “प्रकृति संरक्षणका क्षेत्रमा काम गरिरहेका समुदायलाई नै पुरस्कार स्वरुप पाएको रकम हस्तान्तरण गर्छु ।”

कार्कीले लामो समयदेखि मानव–हात्ती द्वन्द्व न्यूनीकरण र समुदायसँग मिलेर पर्यापर्यटनको क्षेत्रमा काम गर्दै आउनु भएको छ । उहाँसँग कार्यक्रममा आरआरटीका संयोजक न्यूटन कार्कीलगायतको उपस्थिति रहेको छ । विश्व वन्यजन्तु कोष मुलुकका १६० भन्दा बढी राष्ट्रमा काम गरिरहेको संस्था हो ।