६ जेठ २०८२, सोमवार

झापाका डीएसपीले चलाएको कार र सांसद्हरु चढेको अर्को कारसँग ठोक्किदा दुर्घटना

६ जेठ २०८२, सोमवार
Image

झापा, ५ जेठ । कोशी प्रदेशका चार जना सांसद् चढेको गाडी मोरङको कानेपोखरीमा आज दुर्घटनामा परेको छ । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा५च ३५२० नम्बरको रातो कारले विराटनगर जाँदै गरेको बीएइ १४०६ नम्बरको सांसद्हरु सवार कारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

बीएई १४०६ नम्बरको कारमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार हुनुहुन्थ्यो ।

सांसद्हरु सवार गाडीलाई ठक्कर दिने कारका चालक जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्का भएको जानकारी प्राप्त भएको छ ।खड्का गाडीमा निदाएका कारण दुर्घटना भएको बताइएको छ । 

सांसद् सवार कारका चालक झापा दमक वडा नं. १ का ४० वर्षीया भेषराज श्रेष्ठ रहेको प्रहरी स्रोतले जनाएको छ । दुर्घटनामा सामान्य चोटपटक लागेको बताइएको छ।