झापा, ५ जेठ । किसानहरु राज्यबाट उपेक्षित छैनन् भन्ने सन्देश दिनेगरी मेचीनगरको वडा नं. ३ ले आफ्नो वडाभित्रका ३१ वटा टोलका किसानलाई कृषि औजार वितरण गरेको छ ।
आज एक कार्यक्रमबीच मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीसहितको टोलीले किसानहरुको हात हातमा कृषि औजार दिएको हो ।
कृषि औजार किन्ने बजेट वडा कार्यालय आफैले आफ्नै बजेटबाट छुट्याएको वडा नं. ३ का अध्यक्ष हर्कबहादुर बस्नेतले बताउनुभयो ।
औजार वितरण गर्न आयोजित कार्यक्रमका उपप्रमुख मीना पोखरेल उप्रेती, पूर्वाधार समिति संयोजक चित्र धिमाल र वडा सदस्य लगायतका जनप्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।
वितरण गरिएका औजारहरुमा मकै छोडाउने हाते मेसिन, मकै छोडाउने खुट्टी मेसिन, हातले जोत्ने मेसिन, ट्याङ्की, बेल्चा, फरुवा लगायत रहेको छ ।
किसानलाई औजार वितरण गर्न रु. चार लाख बजेट छुट्याइएको जनाउँदै वडा अध्यक्ष बस्नेतले एउटा टोलका किसानलाई लगभग रु. १३ हजार बराबरको ३१ वटा टोलका किसानलाई औजार वितरण गरिएको बताउनुभयो ।
कार्यक्रमको उद्घोषण पत्रकार देबु बानियाँले गर्नु भएको थियो ।