झापा, ८ जेठ । भारतको छत्तीसगढमा भारतीय सुरक्षाबल र माओबादी विद्रोहीबीचको भिडन्तमा भारतीय कम्युनिस्ट पार्टी (माओबादी)का महासचिव नम्बाला केशवरावको मृत्यु भएको छ ।
बीबीसीका अनुसार भारतका गृहमन्त्री अमित साहले बुधवार एक्समा पोस्ट गर्दै उक्त जानकारी दिएका हुन् ।
छत्तीसगढको नारायणपुरमा भारतीय सुरक्षाबलले माओबादीविरुद्ध केही समयदेखि ‘ब्ल्याक फरेस्ट’ नामक अपरेसन चलाइरहेको थियो । सोही क्रममा मुठभेडको नाममा जंगली क्षेत्रमा रहेका माओबादी छापामारहरु ठूलो संख्यामा मारिएको बीबीसीेले जनाएको छ ।
भारतीय गृहमन्त्री साहका अनुसार अपरेसनका क्रममा भाकपा माओबादीका शीर्ष नेता केशवरावसहित २७ माओबादीको मृत्यु, ५४ जना पक्राउ र ८४ जनाले आत्मसमर्पण गरेका छन् ।
कमरेड बसवराजुको नामले चिनिने नम्बाला भारतका शीर्ष कम्युनिस्ट नेता थिए । भारत सरकारले उनको टाउकाका एक करोड मूल्य तोकेर थियो ।