१९ जेठ २०८२, आइतवार

पूर्वीद्वारले टिकटक प्रतियोगिता गर्ने

१० जेठ २०८२, शुक्रवार
Image

झापा, ९ जेठ । पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसर पारेर टिकटक प्रतियोगिता गर्ने भएको छ ।

संस्थाले आज धुलाबारीमा पत्रकार भेटघाट गरी प्रतियोगिता बारे जानकारी गराएको छ ।

जेठ ७ गते बसेको कार्य समितिको बैठकले प्रतियोगिता गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष वीपी भट्टराईले बताउनु भयो ।

सहकारीप्रति सकारात्मक सोचको विकास गर्न टिकटक प्रतियोगिताको आयोजना गरेको उहाँले बताउनु भयो ।

आजको बचत नै भविष्यको सुरक्षा हो भन्ने विषयमा ३ मिनेटको भिडियो बनाएर प्रतियोगितामा भाग लिन पाइने संस्थाका व्यवस्थापक प्रहलाद खड्काले बताउनु भयो ।

संस्थाको असार ७ गते १९ औ वार्षिकोत्सव अवसर पारेर जेठ १५ देखि २५ गतेसम्म प्रतियोगीले भिडियो वाट्सएप वा इमेलबाट पठाउनु पर्ने छ ।

विजेता प्रथमलाई रु ५ हजार, दोस्रोलाई रु ३ हजार र तेस्रोलाई रु २ हजार नगद पुरस्कार दिइने भएको छ ।

प्रतियोगीको भिडियोलाई संस्थाको आधिकारिक टिकटक पेजबाट अपलोड गरिने र असार ४ गते राति १२ बजेसम्म त्यसमा आएका लाइक, शेयर र भ्यूजलाई निर्णायक मण्डलले गणना गर्ने बताइएको छ ।

लाइक, शेयर र भ्यूजलाई ५० प्रतिशत र प्रतियोगीको प्रस्तुतिलाई ५० प्रतिशत निर्णयको आधार बनाइने अध्यक्ष भट्टराइले बताउनु भयो ।