२० जेठ २०८२, सोमवार

अहिले भर्खरै

काँकरभिट्टाको कालीखोलामा खुल्यो राजमार्ग

१८ जेठ २०८२, शनिवार
Image

झापा, १७ जेठ । बाढीले डाइभर्सन बगाएर काँकरभिट्टाको कालीखोलामा अवरुद्ध राजमार्गमा केहीबेर अघिदेखि यातायात चल्न थालेको छ ।

एसियन हाइवेको काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) दमक कार्यालयका आयोजना प्रमुख ई. सुनिलबाबु पन्तले केहीबेर अघिदेखि निर्माणाधीन पुलको एक छेउबाट गाडी सञ्चालन हुने अवस्था बनाइएको बताउनुभयो ।

आज विहान उक्त पुलको डाइभर्सन बाढीको भेलले बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो भने सवारीका साधनहरु रमाइलो गाउँको बैकल्पिक मार्गबाट सञ्चालन गरिएको थियो ।