२४ जेठ २०८२, शुक्रवार

विज्ञान प्रदर्शनीको उद्घाटन गर्न पूर्वराष्ट्रपति विद्या भण्डारी झापा आउँदै

२२ जेठ २०८२, बुधवार
Image

झापा, २१ जेठ । कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्न पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी झापा आउनु हुने भएको छ । 

नेकपा एमाले कोशीको विज्ञान तथा प्रविधि विभागले यही जेठ २४, २५ र २६ गते विर्तामोडको देवी माध्यमिक विद्यालयमा उक्त प्रदर्शनकिो आयोजना गरेको छ ।

जेठ २४ गते भण्डारीले प्रदर्शनीको उद्घाटन गर्नुहुने नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागका अध्यक्ष गणेश पोखरेलले बताउनुभयो ।

आयोजकले आज विर्तामोडमा कार्यक्रम सम्बन्धी जानकारी दिन पत्रकार सम्मेलनको अयोजना गरेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेश इञ्चार्ज शेरधन राईले पार्टीले मुलुकमै पहिलोपल्ट आयोजना गरेको प्रदर्शनी ऐतिहासिक हुने बताउनुभयो ।

प्रदर्शनी प्रतियोगितात्मक हुने र विद्यार्थीले बनाएका विज्ञानका सामग्रीलाई प्रदर्शनीमा राखिने बताइएको छ । अहिलेसम्ममा १२ जिल्लाका ७० वटा विद्यालयले प्रदर्शनीमा भाग लिने टुंगो गरिसकेको पोखरेलले बताउनुभयो ।

प्रदर्शनीमा प्रथम हुने विद्यालयले रु. पाँच लाख, दोस्रो हुनेले रु. तीन लाख, तेस्रो हुनेले रु. दुई लाख र सान्त्वना हुनेले रु. एक लाख नगद पुरस्कार प्राप्त गर्ने छन् ।