झापा, २१ जेठ । मेचीनगरको वडा नं. १५ मा बहुप्रतिक्षीत दुई वटा झोलुंगे र एउटा पक्की पुल अब बन्ने भएको छ ।
नगरप्रमुख गोपाल बुढाथोकीको सचिवालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सहयोग र माननीय सांसदहरुको निरन्तर संयुक्त पहलमा ती झोलुंगे पुलका लागि आव २०८२/८३ मा बजेट बिनियोजन भएको हो ।
बिचार्नी बजारबाट हेल्दुबारी जोड्ने निन्दा नदीको झोलुंगे पुलका लागि रु. तीन करोड बजेट बिनियोजन भएको छ भने मेची पारिको ग्वालाबस्तीलाई जोड्ने मेची नदीको झोलुंगे पुलका लागि रु. पाँच लाख बजेट बिनियोजन भएको छ । मेची नदीको झोलुंगे पुल बनाउन पाँच लाखले कसरी पुग्ला ? यो विषयमा भने शंका उत्पन्न भएको छ । पाँच करोडभन्दा कम बजेटले झोलुंगे पुल बन्ने सम्भावना छैन ।
यसैगरी, मेचीनगर र भद्रपुर नगरपालिकाको सीमानामा रहेको हडिया खोलाको पुल बनाउन रु. चार करोड बजेट बिनियोजन भएको नगरप्रमुख बुढाथोकीको सचिवालयले जनाएको छ ।
सचिवालयले आज बेलुकी फेसबुकमार्फत १३ वटा योजनामा बजेट परेको जानकारी दिएको हो ।