२५ जेठ २०८२, शनिवार

पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बन

२३ जेठ २०८२, बिहिवार
Image

झापा, २२ जेठ ।  नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार  नेपालको सांसद पद निलम्बनमा परेको छ । 

नेपालविरुद्ध पतन्जलीको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै सांसद पद स्वतः निलम्बनमा परेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ । 

पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालमाथि रु १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

अख्तियारले छुट्टाछुट्टै कसुर किटान गरी नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । तत्कालीन कानूनमन्त्री प्रेमबहादुर सिंह, भूमिसुधारमन्त्री स्व.डम्बर श्रेष्ठ, तत्कालीन मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे (पछि गृह÷परराष्ट्रमन्त्री, तत्कालीन भूमिसुधार सचिव  छविराज पन्तलाई पनि प्रतिवादी बनाइएको छ ।