२५ असार २०८२, बुधवार

प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष अधिकारीद्वारा उपचार कोषलाई १५ हजार सहयोग

२५ असार २०८२, बुधवार
Image

बिर्तामोड । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारीले उपचार कोषलाई नगद १५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई १५ हजार रुपैयाँ सहयोग गर्नु भएको हो ।

चौतारीका केन्द्रीय उपाध्यक्ष अधिकारीले संगठनका झापा जिल्ला अध्यक्ष प्रदीप परियारलाई उक्त सहयोग रकम प्रदान गर्नुभएको हो । झापाको एक कार्यक्रममा उहाँले घोषणा गर्नुभएको सहयोग रकम आज पठाउनु भएको अध्यक्ष परियारले जानकारी दिनुभयो ।

पत्रकारको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको पत्रकार उपचार कोषमा सहयोग रकम जुट्ने क्रम जारी रहेको कोषको संयोजक भीमा शिवाकोटीले जानकारी दिनुभएको छ । उहाँका अनुसार कोषमा विभिन्न क्षेत्रमा रहेर सामाजिक काम गर्ने अगुवा, राजनीतिक दलका नेताहरु, संघ संस्था, व्यक्तिहरुले विशेष अवसरहरुमा कोषलाई सहयोग गर्दै आउनुभएको छ ।

कोषमा हालसम्म साढे ६ लाख रुपैयाँ संकलन भइसकेको छ । कोषमा संकलित सहयोग रकमको व्याजबाट पत्रकारहरुलाई उपचारमा सहयोग गर्ने गरिएको छ । संयोजक शिवाकोटीले सदस्य बन्न बाँकी पत्रकारहरुलाई सदस्यता लिन आव्हान गर्नुभएको छ । आजै पत्रकार किशोर उपरकोटी, तीर्थराज खरेल र संगिता उप्रेती उपचार कोषको सदस्य बन्नु भएको प्रेस चौतारी झापाको उपाध्यक्ष सुनिरा मैनालीले जानकारी दिनुभयो ।