३१ असार २०८२, मङ्गलवार

डाक्टर पढ्दै गरेका खनाल होस्टेलबाट सम्पर्कविहीन, खोजीमा सघाउन परिवारको अपिल

३० असार २०८२, सोमवार
Image

झापा, ३० असार । कपिलबस्तुको शिवराज वडा नं. ९  घर भएका एमबीबीएसका विद्यार्थी २२ वर्षीय शुकदेव खनाल सम्पर्कविहीन भएका छन् ।

धरानस्थित वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत् खनाल असार २० गते शुक्रवार विहान ९ बजे होस्टेलबाट सम्पर्कविहीन रहेको बुवा देवराज खनालले बताउनुभयो ।

खनालको खोजी भइरहे तापनि केही पत्तो लागेको छैन । परिवारले खनालको खोजीमा सघाइदिन अपिल गरेका छन् ।