३१ असार २०८२, मङ्गलवार

हात्तीको उपद्रो रोक्न बाहुनडाँगीका ३०० परिवारलाई कागतीका विरुवा वितरण

३१ असार २०८२, मङ्गलवार
Image

झापा, ३१ असार । डिभिजन वन कार्यालय झापाले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार विरुवा निःशुल्क वितरण गरेको छ । 

हात्ती प्रभावित क्षेत्रमा बाली परिवर्तन गराएर क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयबासीलाई कागतीका विरुवा वितरण गरिएको कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताउनुभयो । 

“जंगली हात्तीले बाली खाएर सखाप पारेको गुनासो धेरै आयो,” उहाँले भन्नुभयो, “कागतीबाट आम्दानी पनि राम्रो हुने र हात्तीले नखाने हुँदा हामीले सो क्षेत्रका बासिन्दाको बाली परिवर्तनका लागि कागतीका विरुवा उपलब्ध गराएका हौं ।”

मेचीनगर नगरपालिका–४ का बासिन्दाका लागि बन कार्यालयबाट प्राप्त कागतीका विरुवा वडा कार्यालय मार्फत ३०० परिवारलाई वितरण गरिएको वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । हात्तीले सुपारीका बोट भाँचेर ठूलो क्षति पुर्याउन थालेकाले हाल सुपारी बगानभित्र रोप्नका लागि कागतीका विरुवा बाँडिएको उहाँको भनाई छ ।

उहाँका अनुसार कागतीको बोट काँडेदार र फल अमिलो हुने भएकाले हात्तीका लागि अरुचिकर हुन्छ । कागती हुर्किएपछि किसानले फल बिक्री गरेर आम्दानी पाउने र हात्ती नियन्त्रण हुने भएकाले बाहुनडाँगीका बासिन्दा कागती रोप्ने अभियानमा लागेका छन् ।

बाहुनडाँगीमा अचेल दिनहुँ हल बाँधेर भारतबाट जंगली हात्ती आउने गरेका छन् । हात्तीले सुपारीको फल र पात खाँदैन । तैपनि भाँचेर नष्ट गर्दै आएको किसानहरु गुनासो गर्छन् ।

वडा कार्यालयले प्रति परिवार दुईदेखि २५ वटासम्म कागतीको विरुवा स्थानीयबासीलाई वितरण गरेको छ । “कागती लगाएपछि सुपारी पनि बच्ने भयो, थप आम्दानी पनि हुने भयो,” वडाध्यक्ष कार्की भन्नुहुन्छ, “कागती लगाएको ठाउँमा हात्ती पस्दैन ।” 

भारतबाट जंगली हात्ती प्रवेश गर्ने पहिलो नाकाको रुपमा बाहुनडाँगी परिचित छ । यहाँ दशकौंदेखि हात्तीसँगको द्वन्द्वका कारण ठूलो जनधनको क्षति हुँदै आएको छ ।

हात्ती नियन्त्रण र बाली जोगाउनका लागि दश वर्षदेखि सीमावर्ती र जंगल छेउमा विद्युतीय घेराबेरा लगाउने कार्य गरिदै आएको छ । यसका साथै हात्तीले नखाने बालीको रुपमा तोरी र चिया खेती समेत व्यापक मात्रामा हुँदै आएको छ । मौरीसँग हात्ती डराउने भएकाले कतिपय स्थानीयबासीले सुरक्षाका लागि मौरीपालन समेत गर्दै आएका छन् हात्तीको उपद्रो रोक्न बाहुनडाँगीका ३०० परिवारलाई कागतीका विरुवा वितरण

राष्ट्रिय समाचार समिति (रासस)

झापा, ३१ असार ः डिभिजन वन कार्यालय झापाले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार विरुवा निःशुल्क वितरण गरेको छ । 

हात्ती प्रभावित क्षेत्रमा बाली परिवर्तन गराएर क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयबासीलाई कागतीका विरुवा वितरण गरिएको कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताउनुभयो । 

“जंगली हात्तीले बाली खाएर सखाप पारेको गुनासो धेरै आयो,” उहाँले भन्नुभयो, “कागतीबाट आम्दानी पनि राम्रो हुने र हात्तीले नखाने हुँदा हामीले सो क्षेत्रका बासिन्दाको बाली परिवर्तनका लागि कागतीका विरुवा उपलब्ध गराएका हौं ।”

मेचीनगर नगरपालिका–४ का बासिन्दाका लागि बन कार्यालयबाट प्राप्त कागतीका विरुवा वडा कार्यालय मार्फत ३०० परिवारलाई वितरण गरिएको वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । हात्तीले सुपारीका बोट भाँचेर ठूलो क्षति पुर्याउन थालेकाले हाल सुपारी बगानभित्र रोप्नका लागि कागतीका विरुवा बाँडिएको उहाँको भनाई छ ।

उहाँका अनुसार कागतीको बोट काँडेदार र फल अमिलो हुने भएकाले हात्तीका लागि अरुचिकर हुन्छ । कागती हुर्किएपछि किसानले फल बिक्री गरेर आम्दानी पाउने र हात्ती नियन्त्रण हुने भएकाले बाहुनडाँगीका बासिन्दा कागती रोप्ने अभियानमा लागेका छन् ।

बाहुनडाँगीमा अचेल दिनहुँ हल बाँधेर भारतबाट जंगली हात्ती आउने गरेका छन् । हात्तीले सुपारीको फल र पात खाँदैन । तैपनि भाँचेर नष्ट गर्दै आएको किसानहरु गुनासो गर्छन् ।

वडा कार्यालयले प्रति परिवार दुईदेखि २५ वटासम्म कागतीको विरुवा स्थानीयबासीलाई वितरण गरेको छ । “कागती लगाएपछि सुपारी पनि बच्ने भयो, थप आम्दानी पनि हुने भयो,” वडाध्यक्ष कार्की भन्नुहुन्छ, “कागती लगाएको ठाउँमा हात्ती पस्दैन ।” 

भारतबाट जंगली हात्ती प्रवेश गर्ने पहिलो नाकाको रुपमा बाहुनडाँगी परिचित छ । यहाँ दशकौंदेखि हात्तीसँगको द्वन्द्वका कारण ठूलो जनधनको क्षति हुँदै आएको छ ।

हात्ती नियन्त्रण र बाली जोगाउनका लागि दश वर्षदेखि सीमावर्ती र जंगल छेउमा विद्युतीय घेराबेरा लगाउने कार्य गरिदै आएको छ । यसका साथै हात्तीले नखाने बालीको रुपमा तोरी र चिया खेती समेत व्यापक मात्रामा हुँदै आएको छ । मौरीसँग हात्ती डराउने भएकाले कतिपय स्थानीयबासीले सुरक्षाका लागि मौरीपालन समेत गर्दै आएका छन् ।