४ साउन २०८२, शनिवार

साइबर क्राइमको दुई मुद्धामा सफाई पाए तापनि प्रसाई थुनामै

३ साउन २०८२, शुक्रवार
Image

झापा, २ साउन । राजा फर्काउने असफल अभियानको नेतृत्व गर्नु भएका दुर्गा प्रसाईंले साइबर क्राइमको दुई वटा मुद्धामा आज सफाई पाउनु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौला र रोशन सुबेदीले दर्ता गरेको मुद्धामा प्रसाईले सफाई पाउनु भएको हो । जिल्ला अदालत काठमाडौंले बुधबार सफाई दिएको हो ।

उहाँमाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको र समाजमा घृणा फैलाएको आरोप थियो । 

यी दुई मुद्धामा सफाई पाए तापनि प्रसाई थुनामुक्त भने हुनु भएको छैन । उहाँमाथि गत चैत १५ गते तिनकुने विध्वंसात्मक घटनामा संलग्न भएको गम्भीर आरोपको मुद्धा कायमै छ ।