११ भदौ २०८२, बुधवार

‘राष्ट्रिय फोटो पत्रकार समूह’को झापा शाखा गठन, अध्यक्षमा नेत्रविक्रम बिमली

११ साउन २०८२, शनिवार
Image

झापा, १० असार । राष्ट्रिय फोटो पत्रकार समूहको झापा जिल्ला शाखा गठन गरिएको छ ।

नवगठित कार्यसमितिको अध्यक्षमा नेत्र विक्रम बिमली चयन हुनुभएको छ ।

उपाध्यक्षमा सन्तोष न्यौपाने, सचिवमा भरत प्रसाई र कोषाध्यक्षमा कवि गुरागाई चयन हुनु भएको छ ।

कार्यसमिति सदस्यहरूमा चन्द्र बस्नेत, देव बाँस्कोटा र हेमन्त मैनाली रहनु भएको छ ।

फोटो पत्रकारहरुको आज विर्तामोडमा भएको भेलाले उक्त समिति गठन गरेको हो ।

भेलाले सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिको संयोजकमा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष मोहन काजी न्यौपाने र सदस्यहरूमा पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, बालबालिका तथा शिक्षा सञ्चार मञ्च झापाका संयोजक सरोज पौडेल र पत्रकार उद्धव पुरी रहनु भएको छ ।

नेपाल पत्रकार महासंघ झापा जिल्ला पूर्व अध्यक्ष मोहन काजी न्यौपानेको प्रमुख आतिथ्यतामा नवगठित समितिले फोटो पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि केन्द्रीय समितिसँग समन्वय गर्दै तालिम तथा फोटो पत्रकारिता सम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।