१८ साउन २०८२, शनिवार

प्रेस क्लव भद्रपुरको उद्घाटनका झलकहरु

१७ साउन २०८२, शुक्रवार
Image

झापा, १६ साउन । प्रेस क्लव भद्रपुरको नवनिर्मित कार्यालयको आज विधिवत् उद्घाटन भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिलालेख अनावरण र रिबन काटेर कार्यालयको उद्घाटन गर्नु भएको हो ।

चन्द्रगढीस्थित सरकारी कार्यालयहरु रहेको मध्यभागमा बनेको कार्यालयमा एउटा फराकिलो सभाहल र दुई वटा कार्यालय प्रयोजनका कोठा छन् ।

स्थापना दिवसको अवसर पारेर क्लवको कार्यालय उद्घाटनसँगै दीर्घ सेवा प्रदान गर्नुहुने अग्रज पत्रकारहरु नकुल काजी र गोविन्दचन्द्र क्षेत्रीलाई सम्मान गरिएको छ । सोही अवसरमा दाताहरुलाई पनि सम्मान गरियो ।

उद्घाटनका केही झलकहरु फोटोमा हेर्नुहोस्---