१७ भदौ २०८२, मङ्गलवार

लाल भागिरथा प्रतिष्ठानको अध्यक्षमा हरिचरण बानियाँ

१६ भदौ २०८२, सोमवार
Image

मेचीनगर, १६ भदौ । लाल भागिरथा बानियाँ प्रतिष्ठानको सातौ साधारणसभाले हरिचरण बानियाँको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

प्रतिष्ठानको आज मेचीनगर वडा नं. ११ स्थित प्रतिष्ठानको प्रधान कार्यालयमा भएको थियो ।

तीन वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा मनोज बानियाँ, सचिवमा डम्बर देउजा, सहसचिवमा दिपेन्द्र बानियाँ र कोषाध्यक्षमा आशा बानियाँ उप्रेती चयन हुनु भएको छ । सदस्यमा मोहन काजी न्यौपाने, भाष्कर घिमिरे, मोहनराज दाहाल, उपेन्द्र बानियाँ, कमल थापा, सिर्जना बानियाँ मैनाली, कल्पना खड्का बानियाँ, दिलकुमार बानियाँ कार्की, माधव प्याकुरेल र रामकृष्ण बानियाँ चयन हुनु भएको छ ।

बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाईको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन र नीति तथा कार्यक्रम अनुमोदन भएको थियो ।

नयाँ कार्य समिति गठनका लागि मेची क्याम्पसका पूर्व क्याम्पस प्रमुख कमल गुरागाईको अध्यक्षतामा शारदा शर्मा र देबेन्द्र दाहाल रहनु भएको निर्वाचन समिति गठन गरिएको थियो ।

सभालाई प्रमुख अतिथि प्रसाई र मेचीनगर वडा नं. ११ का अध्यक्ष रुद्र डाँगीले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।