१८ भदौ २०८२, बुधवार

झापाका माओबादी युवा नेता सञ्चार नेम्वाङको निधन

१८ भदौ २०८२, बुधवार
Image

झापा, १८ भदौ । झापाका प्रखर माओबादी युवा नेता सञ्चार नेम्वाङको आज उपचारको क्रममा काठमाडौंमा निधन भएको छ ।

काठमाडौंको सामाखुशीस्थित ग्रीनसिटी हस्पिटलमा उहाँको निधन भएको हो । उहाँ ४५ वर्षको हुनुहुन्थ्यो । उच्च रक्तचापको समस्याका कारण उहाँ उपचारमा हुुनुहुन्थ्यो ।

पूर्वजनमुक्ति सेनाका योद्धा समेत रहनु भएको उहाँ हाल नेकपा माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य हुनुहुन्थ्यो ।

वाइसीएल लगायतका जनसंगठनमा उहाँले राजनीतिक नेतृत्व गर्नु भएको थियो । पाँचथरको फिदिम मूल घर भए तापनि उहाँ पत्नी र चार छोराछोरीसहित बिर्तामोडका बस्दै आउनु भएको थियो ।

नेम्बाङको शव काठमाडौबाट विहीवार झापा ल्याइने बताइएको छ ।