२४ भदौ २०८२, मङ्गलवार

कांग्रेसका मन्त्रीहरुले दिन थाले धमाधम राजीनामा

२४ भदौ २०८२, मङ्गलवार
Image

झापा, २४ भदौ । कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिनुभएको छ । 

मन्त्री अधिकारीले आइतबारको आन्दोलनमा भएको दमन, हत्या र बल प्रयोगले तानाशाही व्यवस्थातर्फ उन्मुख भएको भन्दै  सो घटनाप्रति क्षमायाचना गर्दै राजीनामा दिएको बताउनुभएको छ । 

यसैगरी स्वास्थ्य मन्त्री प्रदीप पौडेल समेत राजीनामा दिने तयारीमा रहेको बुझिएको छ । कांग्रेस आजै सरकारबाट बाहिरने संकेत बुझिएको छ ।