झापा, २४ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले जेनजी पुस्ताले गरेको आन्दोलनसँगै देशको नेतृत्व लिनसक्ने संकेत गरेका छन् ।
आज फेसबुकमार्फत उहाँले आन्दोलनकारीलाई अब शान्त रहन र देशको नेतृत्व लिन तयार रहन आह्वान गर्नु भएको छ ।
उहाँले जेनजीहरूलाई नेपाली सेनाको प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गर्नु भएको छ ।
बालेनले सेनासँग वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्ने पनि बताउनु भएको छ ।