झापा, २५ भदौ । झापा जिल्लाभर आज अपराह्न ३ बजेदेखि कर्फ्यू लागिरहेको छ ।
प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले आज उक्त आदेश जारी गर्दै कर्फ्यू लागेको अवधिमा घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गर्नु भएको छ ।
भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि केही अराजक तत्वले सार्वजनिक र निजी सम्पत्ति तोडफोड र आगजनी गरेको कारण त्यसलाई कडाइका साथ रोक्न कर्फ्यू आदेश जारी गरिएको बताइएको छ ।
कर्फ्यू आज अपराह्न ३ बजेदेखि विहीवार (भोलि) विहान ५ बजेसम्म जारी रहने जनाइएको छ ।
कुनै अनिवार्य कारणले घर बाहिर निस्कनु परेमा सुरक्षाकर्मीसँँग अनुमति लिन प्रजिअ अधिकारीले बताउनु भएको छ । कर्फ्यू अवधिमा हिँडडुल गर्न, भेला हुन, सभा जुलुस र प्रदर्शन गर्न निषेध गरिएको छ ।