१ कार्तिक २०८२, शुक्रवार

गौरादहमा खोलामा डुबेर तीन बालिकाको मृत्यु

३० असोज २०८२, बिहिवार
Image

झापा, ३० असोज । माछा पार्ने क्रममा आज दिउँसो गौरादह नगरपालिका–९ स्थित सिस्ने खोला डुबेर तीन बालिकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरीहरु सात बर्षीया सुष्मा, नौ बर्षीया स्वीकृति मगर र निर्मला परियारकी ११ बर्षीया छोरी रोश्नी परियार छन् ।