झापा, ३ कात्तिक । प्रेस चौतारी झापाले लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर आवाज उठाउने निर्णय गरेको छ ।
चौतारीको आइतवार विर्तामोडमा सम्पन्न विस्तारित बैठकले उक्त निर्णय गरेको हो ।
बैठकपछि चौतारीका झापा सचिव युवराज आचार्यद्ले प्रेस विज्ञप्ति जारी गर्दै निर्णयका बारेमा जानकारी दिनुभएको छ ।
‘कुनै पनि किसिमको दमन, धम्की वा अभिव्यक्ति स्वतन्त्रता माथि प्रतिबन्ध स्वीकार्य हुने छैन’– विज्ञप्तिमा भनिएको छ ।
जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले आम नागरिकको सुरक्षा र मुलुकमा शान्ति सुब्यवस्था कायम गर्न नसकेको भन्दै चौतारीले पत्रकारको सुरक्षा, स्वतन्त्रता र निष्पक्ष पत्रकारिताको वातावरण सुनिश्चित गर्न जोडदार माग गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षता र केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज माधव विद्रोहीको प्रमुख आतिथ्यमा बैठक भएको थियो ।
बैठकमा जेनजी आन्दोलनपछिको मुलुकको अवस्था र पत्रकारिताका विषयमा छलफल भएको थियो । बैठकले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति गहिरो सहानुभूतिका साथ श्रद्धाञ्जलि व्यक्त गरेको थियो ।