झापा, १० कात्तिक । छठ पर्वको अवसरमा आज काँकरभिट्टाको मेची नदी किनारमा भक्तजनहरुले भक्तिभावका साथ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
सीमा नदीको दुबै किनारमा उल्लेख्य संख्यामा ब्रतालु र दर्शनार्थीहरुको उपस्थितिले माहोल उल्लासमय बनेको थियो ।
पर्व अनुसार आज अस्ताउँदो र भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिदै पूजा गरिन्छ । झापाको धुलाबारी, भद्रपुर, लक्ष्मीपुर, टाघनडुब्बा लगायतका दर्जनौं स्थानमा नदीहरुमा भक्तजनको घुइँचो लागेको छ ।






सबै फोटो : देबेन्द्र खरेल