१४ कार्तिक २०८२, बिहिवार

जेनजी आन्दोलन सम्झाउने भित्तेचित्र अनावरण

१३ कार्तिक २०८२, बुधवार
Image

झापा, १२ कात्तिक । मेचीनगरका जेनजी युवाले वडा नं. १० को धुलाबारीमा जेनजी आन्दोलनलाई सम्झाउने भित्ते चित्र (वाल पेन्टिङ) बनाएका छन् ।

आर्टविट स्टुडियोका चित्रकारहरुले केही दिनको लगातार मिहेनतपछि धुलाबारी मोडको एउटा फराकिलो भित्तामा उक्त चित्र बनाएका हुन् ।

युथ फर सोसाइटीका सदस्य जयराम दाहालले चित्रले जेनजी आन्दोलनमा न्यायका लागि युवाको बलिदान र समर्पणलाई चित्रण गर्न सफल भएको बताउनुभयो ।

आज साँझ एक कार्यक्रमबीच आर्टबिट स्टुडियोका कलाकारहरुले चित्रको अनावरण गरेका छन् । स्टुडियोका चित्रकार सहनाबाज अलीले उपस्थित सहभागीहरुलाई चित्रको सन्देश बारेमा जानकारी दिनु भएको थियो ।

आर्टविट स्टुडियो, युथ फर सोसाइटी र स्थानीय युवाको उपस्थितिमा चित्रको अनावरण गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन जेनजी अभियन्ता आविष्कार राउतले सञ्चालन गर्नु भएको थियो भने सो अवसरमा जेनजी शहीदहरुप्रति मौनधारण गरिएको र राष्ट्रगान गाइएको थियो ।