१९ कार्तिक २०८२, मङ्गलवार

महालक्ष्मीको साधारणसभाबाट पत्रकार घिमिरेसहित दजनाै सम्मानित

१८ कार्तिक २०८२, सोमवार
Image

मेचीनगर,  महालक्ष्मी कृषि सहकारी संस्था लि. मेचीनगर–१० को १७औं माईन्युट प्रमाणिकरण वार्षिक साधारणसभा धुलाबारीस्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ।

साधारणसभामा झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटा प्रमुख अतिथि रहनुभएको थियो भने सहकारीकी अध्यक्ष टीका सुवेदीले सभाको अध्यक्षता गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका शाखा प्रबन्धक प्रेमकुमार श्रेष्ठ, मेचीनगर साकोसकी पुष्पा भण्डारी, असल कृषक रविचन्द्र नेपाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

वि.सं. २०६४ मा ५४ जना सदस्यले रु. ५४ हजार शेयर पूँजीसहित स्थापना गरेको सहकारीको हाल कुल शेयर पूँजी रु. १ करोड ५८ लाख ८५ हजार पुगेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो। सहकारीमा हाल १,६०१ महिला र १,१३१ पुरुष गरी कुल २,७९२ जना सदस्य रहेका छन्।

संस्थाले कृषक सदस्यहरूलाई उन्नत बिउविजन, प्राङ्गारिक मल र जैविक मलको प्रयोगमा प्रोत्साहन गर्दै आधुनिक तरकारी खेतीसम्बन्धी तालिम प्रदान गर्दै आएको छ। गाउँघरमा खेर गइरहेका मकैको खोसेला तथा परालको उपयोगमार्फत ५० जना महिलालाई स्वरोजगार बनाउने उद्देश्यले हस्तकला तालिमसमेत सञ्चालन गरिएको  अध्यक्ष टीका सुवेदीले ले प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गत आर्थिक वर्षदेखि सहकारीले कम्प्युटर प्रणालीमार्फत वित्तीय कारोबार, रेमिट्यान्स सेवा, क्यूआर कोड र बचत संकलनका लागि ट्याप प्रणाली जस्ता प्रविधिमुखी सेवा सुरु गरेको छ।

आगामी आर्थिक वर्ष २०८२/८३ मा सहकारीले सदस्य संख्या १० प्रतिशतले बढाएर ३,०७० पुर्‍याउने, शेयर पूँजी २० प्रतिशतले वृद्धि गरी रु. १ करोड ९० लाख ६२ हजार ५०० पुर्‍याउने, कर्जा र निक्षेप वृद्धि गर्ने लगायतका योजना अघि सारेको अध्यक्ष सुवेदीले प्रतिवेदनमार्फत जानकारी दिनुभयो।

उक्त अवसरमा नियमित बचतकर्तादेखि उत्कृष्ट कृषक, पत्रकार र कर्मचारीसम्म विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।  उत्कृष्ट कृषकको रूपमा रविचन्द्र शर्मा नेपाल र उत्कृष्ट पत्रकारको रूपमा खगेन्द्र घिमिरेलाई सम्मानपत्र प्रदान गरिएको हो ।

त्यस्तै नियमित बचत कर्ता कामाख्या देबी रीजाल, रीता न्यौपाने ,खुत्रुके बचत कर्ता  गिता भट्टराई ,यसोदा निरौला बाल बचत कर्ता  आयुष राजबंशी , आरती कार्की ,उत्कृष्ट ऋणी पदम बहादुर खवास मजुनी सार्की , जेष्ठ कृयाशिल सदस्य तुलसादेबी दाहाल ,अमुल्य राजबंशी पेन्सन बचत तर्फ श्री प्रसाद अधिकारी चन्द्रमाया चौधरी ,उत्कृष्ट कृषक : रबिचन्द्र शर्मा नेपाल, उत्कृष्ट पत्रकार खगेन्द्र घिमिरे

उत्कृष्ट कर्मचारी पार्बता अधिकारी लाई सम्मान पत्र दाेसल्ला नगद सहित सम्मान गरिएको थियोे । कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक प्रेमकुमारी सुवेदीले गर्नुभएको थियो ।