झापा, २८ कात्तिक । हात्ती प्रभावित बाहुनडाँगीका बासिन्दाको हितका लागि स्थापना भएको मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चको अध्यक्ष र महासचिव पदको निर्वाचन शनिवार हुँदैछ ।
मेचीनगरको वडा नं. १, २, ३ र ४ का ९५७ जना स्थानीयबासी मतदाता रहेको मञ्चको कार्य समितिको अध्यक्ष र महासचिव पद रिक्त भएपछि चुनाव हुन लागेको हो ।
बाहनुडाँगीको विद्या विकास एकाडेमी परिसरमा हुने चुनावमा अध्यक्ष पदका लागि पूर्व अध्यक्ष हरिप्रसाद उप्रेती र टीकाराम सापकोटा (रामु)बीच प्रतिष्पर्धा हुँदैछ ।
यसैगरी, महासचिव पदका लागि मञ्जिल देवान र शंकर लुइँटेलबीच प्रतिष्पर्धा हुँदैछ । स्थानीयबासीहरु दुबै पदमा कडा प्रतिष्पर्धा हुने बताउँछन् ।
गत वर्ष भएको मञ्चको निर्वाचनमा निरज घिमिरे निर्वाचित हुनु भएको थियो । उहाँले निजी कारण देखाउँदै राजीनामा दिएपछि पद रिक्त रहेको थियो ।