मेचीनगर, २९ कात्तिक । युथ फर सोसाइटीले मेचीनगरका विभिन्न क्षेत्रमा हेल्प डेस्क सञ्चालन गरी नयाँ मतदातालाई अनलाइनबाट मतदाता परिचय पत्रका लागि नाम दर्तामा सघाउन थालेको छ ।
निर्वाचन आयोगले राष्ट्रिय परिचय पत्रका आधारमा नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेपछि युवाहरुको संगठन सोसाइटीले हेल्प डेस्क खडा गरेको हो ।
शुक्रवार र शनिवार दुई दिनमा संस्थाले ३०० भन्दा बढी नयाँ मतदाताको फर्म भर्न सफल भएको जनाएको छ ।